Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

भारत-पाकिस्तान द्वन्द्व : आईपीएल एक हप्ताका लागि स्थगित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२६ वैशाख । भारत-पाकिस्तानबीचको द्वन्द्वले दुवैतर्फका क्रिकेट लिग पनि प्रभावित भएका छन् । पाकिस्तान सुपर लिग९पीएसएल० का बाँकी खेल दुबईमा सारिएको छ ।

- Advertisement -

त्यस्तै इन्डियन प्रिमियर लिग तत्कालका लागि १ हप्ता पछाडि धकेलिएको छ। भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ ।

बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो । धर्मशाला गोलीबारी चलिरहेको ठाउँ पठानकोटबाट १०० किलोमिटरभन्दा पनि कमको दूरीमा रहेको छ ।

- Advertisement -

धर्मशालामा खेल चलिरहेकै बेला सुरक्षासम्बन्धी चेतावनी आएपछि बीच ओभरमै खेल रोकिएको हो । मिडिया रिपोर्टहरूका अनुसार दुई देशबीचको तनाव चर्किँदै जाँदा आईपीएल खेलिरहेका विदेशी खेलाडी त्रसित छन् । केही खेलाडीले स्वदेश फर्कनका लागि अपिलसमेत गरेका थिए ।

अहिलेसम्म आईपीएल(२०२५ को लिग चरणका ५८ खेल सकिएका छन् । लिग चरणकै १२ खेल अझै बाँकी छन् । लिग चरणपछि प्लेअफका खेल सुरु हुनेछन् जहाँ शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

ताजा समाचार

spot_img

थप समाचार