विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

spot_img

काठमाडौं, २९ बैशाख । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट सन्यास लिएको केही दिनमै कोहलीले पनि आफ्नो लामो टेस्ट यात्रामा पूर्णविराम लगाउने निर्णय गरेका हुन्।

कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। त्यसयता उनले १२ वर्षको अन्तर्राष्ट्रिय टेस्ट करिअरमा १२३ टेस्ट म्याच खेलेर ९,२३० रन बनाएका छन्। यस अवधिमा उनले ३० शतक ३१ अर्धशतकको कीर्तिमान कायम गरेका छन्।

कोहलीको टेस्ट करिअर भारतीय क्रिकेटको इतिहासमा एक महत्वपूर्ण अध्यायको रूपमा रहनेछ। कप्तानको रूपमा पनि उनले भारतलाई ऐतिहासिक सफलता दिलाएका थिए।

उनको सन्यासले भारतीय क्रिकेटमा एक युगको अन्त्य भएको महसुस गराएको छ। समर्थकहरूका लागि यो समाचार भावुक बनाएको छ, तर उनले छोडेको प्रभाव योगदान सधैं स्मरणीय रहनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय