महिला टी–२० एशिया छनोट: आज बहराइन र हङकङ आमनेसामने

spot_img

काठमाडौं,०२ जेठ ।  आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको अन्तिम र निर्णायक खेलमा आज बहराइन र हङकङ भिड्दै छन्। थाइल्यान्डको बैंककस्थित एआईटी मैदानमा हुने खेल हुने तय भएको छ।

नेपालको सुपर थ्रीमा स्थान पक्का हुने कि नहुने भन्ने कुराको फैसला आजको खेलले गर्नेछ। हङकङ पराजित भएमा नेपाल समूह ‘सी’ को विजेता बन्दै सुपर थ्रीमा पुग्नेछ। तर खेल बराबरी भए वा हङकङ विजयी भएमा, नेट रनरेटका आधारमा हङकङ नै अघि रहनेछ।

हिजो भएको खेलमा नेपालले बहराइनलाई डकवर्थ–लुइस नियमअनुसार ६ विकेटले पराजित गर्दै ४ खेलमा ५ अंक जोडेको छ र अहिले समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।

बहराइनले अहिलेसम्म ३ खेलमा १ अंक मात्रै बटुलेको छ भने हङकङले ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ।

यस पटकको छनोटमा ९ टोली सहभागी छन्, जसलाई ३ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता सुपर थ्री चरणमा पुग्नेछ, र त्यसपछि सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय