आईसीसी महिला विश्वकप ग्लोबल छनोटमा नेपाली टोलीको ऐतिहासिक प्रवेश

spot_img

काठमाडाैं,०५ जेठ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट चरणमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेको छ।

आइतबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई मैदानमा सम्पन्न ‘सुपर थ्री’ चरणको पहिलो खेलमा नेपालले युएईलाई विकेटले पराजित गर्दै एसियाली छनोटबाट ग्लोबल चरणमा स्थान पक्का गरेको हो।

नेपाल थाइल्यान्ड अब एसिया क्षेत्रबाट ग्लोबल छनोट खेल्ने दुई टोली बन्न सफल भएका छन्। नेपालले अब मंगलबार थाइल्यान्डसँग समूह चरणको अन्तिम खेल खेल्नेछ, जुन अब औपचारिकता मात्र हुनेछ।

यस जीतसँगै नेपाली महिला टोलीले पहिलो पटक विश्वकपको ढोका खोल्ने अन्तिम चरण — ग्लोबल छनोट — मा प्रतिस्पर्धा गर्ने मौका पाएको हो। यस चरणमा १० टोली सहभागी हुनेछन्, जहाँ शीर्ष टोलीले आगामी टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा विकेटको क्षतिमा ११४ रन बनायो। कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन् भने तीर्थ शतिशले २१, हिना होत्चान्डीले २० लावन्या केनीले १२ रन जोडिन्।

नेपालका लागि मनीषा उपाध्याय बलिङतर्फ चम्किन्, उनले विकेट हात पारिन्।

जवाफमा नेपालले निर्धारित लक्ष्य १९.३ ओभरमा विकेट गुमाउँदै पुरा गर्‍यो। कप्तान इन्दु बर्मा ३० रनमा अविजित रहिन् भने रुविना क्षेत्री बेलबासेले आक्रामक शैलीमा १८ बलमा २३ रन बनाइन्। ओपनर सम्झना खड्काले २१ रन उपकप्तान पूजा महतोले १३ रनको योगदान दिइन्।

यूएईका लागि मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश ईशा ओझाले समान १-विकेट लिए।

spot_img

ताजा अपडेट

लोकप्रिय