मधेश क्रिकेट लिगको उद्घाटन खेलमा बाराको प्रभावशाली जित

spot_img

बीरगन्ज,०६ जेठ । मधेश क्रिकेट लिग (एमसीएल) सिजन १ को उद्घाटन खेलमा बाराले सानदार प्रदर्शन गर्दै सप्तरीलाई ७ विकेटले पराजित गरेको छ।

कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा सप्तरीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। जवाफमा बाराले मात्र १४ ओभर १ बलमै लक्ष्य सहज रूपमा पार गर्‍यो।

निरजकुमार यादवको अविजित ६५ रन र पवन सर्राफको ४१ रनको आक्रामक ब्याटिङ बाराको जितमा निर्णायक बन्यो। बाराको ब्याटिङ सन्तुलित र आक्रामक हुँदा सप्तरीका बलरहरूले दबाब कायम गर्न सकेनन्।

खेल अघि लिगको औपचारिक उद्घाटन समारोह सम्पन्न भयो, जसमा विभिन्न खेलकुद संघका प्रतिनिधि, स्थानीय अधिकारी, खेलाडी र दर्शकहरूको उल्लेखनीय उपस्थिति थियो।

मधेश प्रदेशमै पहिलोपटक आयोजित यो लिगमा प्रदेशका आठ वटै जिल्लाका क्रिकेट टिमहरू सहभागी छन्। प्रतियोगिता वीरगञ्जको नारायणी रंगशाला र कलैयाको सिद्धेश्वर मैदानमा सञ्‍चालन भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय