Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

गाजामा इजरायली हमलामा ६० जनाको ज्यान गयो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गाजा,०६ जेठ । इजरायलको पछिल्लो सैन्य आक्रमणमा गाजा पट्टीमा सोमबार रातिदेखि मंगलबारसम्म कम्तीमा ६० जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

- Advertisement -

इजरायली सेना हमास लडाकूहरूविरुद्ध सैन्य कारबाही गर्दै आएको छ। इजरायलले दर्जनौँ इजरायली बन्धकको रिहाइ र हमास मूहलालाई समाप्त गर्ने लक्ष्य लिएको जनाएको छ।

गाजाको उत्तरी क्षेत्रमा एक आवासीय घर र विद्यालयमा आश्रय लिएका नागरिकमाथि भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। मध्य गाजाको देइर अल–बालाह क्षेत्रमा १३ जना र नजिकैको नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको अल-अक्सा शहीद अस्पतालले जानकारी दिएको छ।

यसैगरी, दक्षिणी सहर खान युनिसमा दुई छुट्टाछुट्टै आक्रमणमा १० जना मारिएका छन्। इजरायली सेनाले हालसम्म घटनाबारे औपचारिक टिप्पणी गरेको छैन तर सेना उग्रवादीहरूलाई लक्षित गरिने बताउँदै आएको छ। सेनाले हमासले जनघनत्व भएका क्षेत्रमा गतिविधि गर्ने भएकाले नागरिक मृत्युको दोष हमासलाई नै लगाउने गरेको छ।

गाजामा गत वर्ष सुरु भएको युद्धले मानवीय संकट गहिरिँदै गएको छ। इजरायली नाकाबन्दीका कारण गाजामा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको चरम अभाव देखिएको छ। यद्यपि हालै केही साना सहायता ट्रकहरू गाजामा प्रवेश गर्न थालेका छन्, संयुक्त राष्ट्रसंघका अनुसार ती आवश्यकताका अगाडि नितान्त अपुरो छन्।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो युद्धमा हालसम्म ५३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमा धेरैजसो महिला र बालबालिका छन्। युद्धले करिब ९० प्रतिशत गाजावासीलाई विस्थापित बनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार