Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

गाजामा हमासविरुद्ध दुर्लभ विरोध प्रदर्शन, पत्रकारलाई समाचार नछाप्न धम्की

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 काठमाडाैं,०८ जेठ । युद्ध, भोकमरी र विस्थापनको पीडाबीच दक्षिणी गाजामा दुर्लभ दृश्य देखिएको छ— स्थानीय जनता स्वयंले हमासविरुद्ध आवाज उठाएका छन्।

आइतबारदेखि गाजावासीले हमासको शासकीय शैली र युद्धको निरन्तरताविरुद्ध सडकमा उत्रिएर प्रदर्शन थालेका हुन्। प्रदर्शनकारीहरुले “हमास गाजाबाट बाहिर जाओ” भन्ने नारा लगाउँदै संगठनलाई चेतावनीसमेत दिएका छन्। भिडिओ फुटेजहरूमा उनीहरूलाई “बाहिर, बाहिर, सबै हमास बाहिर” भन्दै चिच्याइरहेका सुन्न सकिन्छ।

यस्तो विरोध प्रदर्शन हमासशासित क्षेत्रमा निकै असामान्य मानिन्छ, विशेषतः सार्वजनिक रूपमा संगठनको आलोचना गर्नु प्रदर्शनकारीकै लागि खतरापूर्ण हुने गज्जबको खतरा हुन्छ।

अझ गम्भीर कुरा के छ भने— प्रदर्शनका समाचारहरु छापिएमा परिणाम गम्भीर हुने भन्दै हमासले गाजामा कार्यरत पत्रकारहरुलाई धम्की दिएको छ। बीबीसीका अनुसार, स्थानीय पत्रकारहरुलाई पठाइएको एउटा व्हाट्सएप सन्देशमा भनिएको छ, “कुनै नकारात्मक समाचार प्रसारण भए राम्रो हुने छैन।”

यसबीच, गाजामा भोकमरी चरम अवस्थामा पुगेको छ। इजरायली आक्रमण रोकिने संकेत छैन, र हजारौं बासिन्दा विस्थापित भएका छन्।

युरोपेली मुलुकहरूले इजरायललाई आक्रमण रोक्न दबाब दिइरहेका बेला, गाजाकै जनताले हमासविरुद्ध नै उत्रेर दिएको सन्देशले त्यहाँको राजनीतिक र मानवीय संकटको गहिरो संकेत गरेको छ।

ताजा समाचार

थप समाचार