काठमाडौं,१० जेठ । भारतीय क्रिकेटमा नेतृत्वको नयाँ युग सुरु भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले शनिबार मुम्बईमा बसेको बैठकपछि २५ वर्षीय युवा ब्याट्सम्यान शुभमन गिललाई टेस्ट टोलीको कप्तानको जिम्मेवारी दिएको छ।
गिल २५ वर्ष २५८ दिनको उमेरमा भारतको टेस्ट कप्तान बन्न सफल भएका छन्। यसअघि रोहित शर्मा कप्तान थिए, जसले केही दिनअघि मात्र टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। रोहितको सन्यासपछि विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट विदा लिएको घोषणा गरेका थिए, जसले टोलीमा नेतृत्वको रिक्तता सिर्जना गरेको थियो।
बोर्डले गिललाई कप्तान बनाउने निर्णयसँगै विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिएको छ।
यसैबीच, आगामी जुन २० देखि सुरु हुने इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजका लागि १८ सदस्यीय टोलीको घोषणा गरिएको छ। टोलीमा नयाँ र अनुभवी खेलाडीहरूको संयोजन गरिएको छ।
टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त ९उपकप्तानरविकेटकिपर०, यशस्वी जायसवाल, केएल राहुल, साई सुदर्शन, करुण नायर, अभिमन्यु ईश्वरन, ध्रव जुरेल ९विकेटकिपर०, नीतीश रेड्डी, शार्दुल ठाकुर, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव रहेका छन्।

