आईपीएलमा लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा प्रवेश

spot_img

काठमाडौं,१४ जेठ । रोयल च्यालेन्जर्स बेङ्गलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको छ।

हिजो लखनउको घरेलु मैदानमा भएको खेलमा बेङ्गलुरुले २२८ रनको विशाल लक्ष्य १८.४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान जितेश शर्माको विस्फोटक ८५ रन र विराट कोहलीको ५४ रनको योगदान निर्णायक रह्यो।

लखनउले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २२५ रन बनाएको थियो। कप्तान ऋषभ पन्तले अविजित ११८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई जित दिलाउन सकेनन्।

बेङ्गलुरुको जितमा रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए। लखनउ यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको थियो।

यो जितसँगै बेङ्गलुरु लिगको दोस्रो स्थानमा उक्लिएको छ र अब फाइनलमा स्थान बनाउनका लागि पन्जाब किङ्ग्ससँग पहिलो क्वालिफायर खेल्नेछ। यसैबीच, गुजरात टाइटन्स इलिमिनेटरमा पुगेर मुम्बई इन्डियन्ससँग भिड्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय