त्रिवि क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु

spot_img

काठमाडौं,१४ जेठ ।  त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान आजबाट सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठका अनुसार जेठ महिनाभित्र सबै कार्य पूरा गर्ने योजना छ।

पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी १० हजार दर्शक क्षमता हुने गरी प्यारापिट निर्माण गरिँदैछ। प्यारापिटलाई १२ भागमा विभाजन गरिएको छ र आज पहिलो भागको ढलान सुरु गरिएको छ।

गुणस्तर सुनिश्चित गर्न प्रयोगशालामा परीक्षण गरिएको उच्च गुणस्तरको ‘फ्लोर हार्डनर’ कङ्क्रिटमा प्रयोग गरिएको छ। रंगशालाको कङ्क्रिट सतह बढी घोटिने भएकाले यो प्रविधि अपनाइएको हो। पश्चिमी र दक्षिणी भागमा जमिन मैदानभन्दा अग्लो भएकाले जमिनमाथि सीधा पिसिसी गरेर ढलान गरिएको छ भने पूर्वी भागमा जमिन मैदानसरह भएकाले पिलर उठाएर स्लोप कायम गरिएको छ।

प्यारापिट निर्माणसँगै राति खेल सञ्चालन गर्न आठवटा फ्लडलाइट पनि जडान हुनेछन्। रंगशालाको निर्माण कार्यको गुणस्तर तथा समयसीमा सुनिश्चित गर्न सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले निरीक्षण गर्दै विशेष निर्देशन दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय