काठमाडौं,१५ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायर खेल आज पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुने भएको छ। नेपाली समय अनुसार बेलुका ७:४५ बजे मल्लनपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुनेछ।
पन्जाब किङ्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा प्रवेश गरेको हो भने आरसीबी दोस्रो स्थानमा रहँदै क्वालिफायर १ मा स्थान बनाउन सफल भएको हो। आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ, भने पराजित टोलीले दोस्रो मौका एलिमिनेटर विजेतासँग क्वालिफायर २ मा पाउनेछ।
यसैबीच, गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको एलिमिनेटर खेल भोलि हुने तय भएको छ। एलिमिनेटर विजेताले आजको पराजित टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

