आईपीएल दोस्रो क्वालिफायरमा आज मुम्बई र पञ्जाब आमने-सामने

spot_img

काठमाडौं,१८ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच कडा टक्कर हुँदैछ। नेपाली समय अनुसार राति ७:45 बजे अहमदाबादको मैदानमा हुने यो खेल फाइनल प्रवेशको लागि निर्णायक बन्नेछ।

पछिल्लो खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गरेर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो। हार्दिक पाण्ड्याको कप्तानीमा रहेको यो टोली उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा छ।

पञ्जाब किङ्स भने पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएपछि दोस्रो मौका पाएको हो। श्रेयस ऐय्यरको कप्तानीमा रहेको पञ्जाब यो अवसरलाई सदुपयोग गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ।

आईपीएल इतिहासमा यी दुई टोली ३२ पटक भिडेका छन्। मुम्बईले १७ खेल जितेको छ भने पञ्जाबले १५ खेलमा बाजी मारेको छ। तथापि, पछिल्लो भेटमा पञ्जाब विजयी बनेको थियो, जसले आजको खेल थप रोमाञ्चक बनाउनेछ।

आजको विजेता टोलीले उपाधि भिडन्तका लागि मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय