काठमाडौं,१८ जेठ । गेस्टहाउसमा जुवातास खेलेको आरोपमा ११ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।
काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।



