spot_img

बारामा राष्ट्रिय परिचयपत्र सेवा समय परिवर्तन

spot_img
spot_img

बीरगन्ज,३० जेठ । बारामा राष्ट्रिय परिचयपत्र सेवा अब नयाँ समय अनुसार दिइने भएको छ। सेवाग्राहीको चाप घटेसँगै जिल्ला प्रशासन कार्यालय बाराले सेवा प्रवाहको समय परिवर्तन गरेको छ। साथै, रोकिएको कार्ड वितरण कार्य पनि अब नियमित रूपमा सञ्चालन हुने भएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार आगामी असार १ गते (जुन १५, २०२५) देखि सेवा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म हुने छ। सार्वजनिक बिदाका दिन बाहेक, दैनिक रूपमा सेवा जारी रहने जनाइएको छ।
यसअघि, अत्यधिक भीडका कारण सेवा बिहान ७:३० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन गरिएको थियो। अहिले भने सेवाग्राहीको संख्यामा कमी आएकोले सामान्य कार्यसमयमा फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सेवा समयमा भएको परिवर्तन र कार्ड वितरण कार्य नियमित गरिएको जानकारी दिएका छन्। साथै, उनले सबै सेवाग्राहीहरूलाई समय अनुसार सेवा लिन अनुरोध गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय