अमेरिकामा गोलीकाण्ड : एक सांसदको मृत्यु, अर्का घाइते

spot_img

काठमाडौं,०१ असार । अमेरिका मिनेसोटा राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा एक महिला सांसदको ज्यान गएको छ भने अर्का सांसद र अर्का एक व्यक्ति घाइते भएका छन्। घटना डेमोक्र्याटिक पार्टीका नेताहरूलाई लक्षित गरी भएको बताइएको छ।

गम्भीर राजनीतिक ध्रुवीकरणबीच यो हिंसात्मक घटना भएको हो। रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको विरोधमा व्यापक प्रदर्शनको तयारी भइरहेका बेला यस्तो आक्रमण भएको हो। आक्रमणकारी हालसम्म फरार रहेको र खोजी अभियान जारी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

मिनेसोटाका गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिँदै राज्यकी पूर्वसभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कमाथि मिनियापोलिस नजिकैको घरमै आक्रमण भएको पुष्टि गरे। गोलीकाण्डमा मेलिसा होर्टम्यानको घटनास्थलमै मृत्यु भएको हो भने उनका पति गम्भीर घाइते भएका छन्।

मिनेसोटा अपराध नियन्त्रण विभागका प्रमुख ड्रू इभान्सका अनुसार सुरुवातमा प्रहरीलाई होर्टम्यान दम्पतीमाथि गोली हानिएको खबर प्राप्त भएको थियो। घटनास्थलमा पुग्दा उनीहरूलाई करिब ९० मिनेटपछि घरमै गोली लागेर लडिरहेको अवस्थामा फेला पारिएको थियो।

आक्रमणपछि आक्रमणकारीले प्रहरीले घेराबन्दी गरेको स्थानबाट भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनले कानुन कार्यान्वयन निकायको पोशाकमा आक्रमण गरेको आशंका गरिएको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले घटनाको कडा निन्दा गर्दै आक्रमणकारीलाई कानुनको कठघरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय