spot_img

मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा छापा सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु

spot_img
spot_img

काठमाडौं,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान थालेको विभागको टोलीले काठमाडौं र हेटौँडास्थित निवास तथा कार्यस्थलमा पुगेर कागजात संकलन र जाँचबुझ गरेको जनाइएको छ।

मुख्यमन्त्री बानियाँ ‘क’ वर्गका निर्माण व्यवसायीसमेत हुन् र उनीसँग सम्बन्धित निर्माण कम्पनीसमेत सञ्चालनमा रहेको बताइएको छ।

यद्यपि, घटनाबारे विभागले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन भने बानियाँ पक्षबाट पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रारम्भिक अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय