भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

spot_img

काठमाडौं,०१ असार । भारतको उत्तराखण्ड राज्यमा रहेको प्रसिद्ध धार्मिक स्थल केदारनाथ जाने क्रममा एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर आज बिहान त्रिजुगीनारायण नजिकै, गौरीकुण्ड क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा हेलिकप्टरमा सवार सबै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा एक बालक पनि छन्। हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ जाँदै गर्दा मौसम एक्कासी बिग्रिएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली तत्काल घटनास्थल पुगेको छ। खराब मौसमका कारण उद्धार कार्यमा केही चुनौती देखिएको भए पनि उद्धार प्रयासहरू जारी छन्।

केदारनाथ धार्मिक यात्राको सिजन सुरु भएको समयमा भएको यो दुर्घटनाले यात्रु सुरक्षाप्रति थप चिन्ता पैदा गराएको छ। भारतीय अधिकारीहरूले दुर्घटनाको विस्तृत छानबिन थाल्ने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय