spot_img

बोसनिया र मलेसिया पठाउने भन्दै ठगी गर्ने दुईजना काठमाडौंमा पक्राउ

spot_img
spot_img

काठमाडौं,०३ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङको दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दीपेन्द्र गुरुङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन्।

पक्राउ मध्ये दीपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ७ लाख रुपैयाँ र रूपीले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ५ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय