सुनाखरी उपभोक्ता समितिद्वारा सुवर्णपुरका ५५ विद्यार्थीलाई छात्रवृत्ति वितरण

spot_img

ठोरी,२७ असार । सुनाखरी उपभोक्ता समितिले ठोरी गाउँपालिका–५ स्थित ज्ञानवाटिका मावि, सुवर्णपुरमा अध्ययनरत ५५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। कार्यक्रममा जनही २ हजार रुपैयाँका दरले गरी कुल १ लाख १० हजार रुपैयाँ वितरण गरिएको हो।

समितिका सचिव जीवन श्रेष्ठका अनुसार, यो सहयोग तराई भु–परिधी (TAL) कार्यक्रमअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको सहकार्यमा सञ्चालित अक्षय कोषको ब्याजबाट प्रदान गरिएको हो। कोषको रकम सुवर्ण बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएको थियो।

छात्रवृत्ति वन्यजन्तुको क्षतिप्रभाव व्यहोरेका, जंगल छेउमा बसोबास गर्ने, आर्थिक रूपमा कमजोर, बुबा वा आमाविहीन विद्यार्थीहरूलाई लक्षित गरिएको समितिले जनाएको छ। तीमध्ये १४ जना दलित विद्यार्थी पनि समावेश छन्। यसअघि वैशाख महिनामा समितिले ७५ जना विद्यार्थीलाई जनही १५ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरेको थियो।

यसबाहेक, समितिले ज्ञानवाटिका मावि, बाल प्रतिभा प्रावि (गडुवालाईन) र नेरा प्रावि (ठूलोबाघमोर्चा) का बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई हाउस ड्रेस वितरण गर्ने तयारी गरिरहेको सचिव श्रेष्ठले जानकारी दिए।

छात्रवृत्ति वितरण कार्यक्रम समितिका अध्यक्ष भिम बहादुर पाख्रीनको अध्यक्षता तथा समाजसेवी लेखमान थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवार, रेन्जर मोहन अर्याल, शिक्षक महासंघ अध्यक्ष अमृत श्रेष्ठ, सहकारी अध्यक्ष सुन लामा, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय