सर्लाहीमा बस दुर्घटना, १८ जना यात्रु घाइते

spot_img

सर्लाही,२४ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित लच्का नजिकै शुक्रबार साँझ एक यात्रुबाहक बस दुर्घटनामा परेपछि १८ जना यात्रु घाइते भएका छन्।

जनकपुरबाट मलङ्गवा जाँदै गरेको ग १ ख ९४९४ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार बसमा सवार यात्रुहरू विभिन्न स्थानका थिए र उनीहरू दुर्घटनामा परेर घाइते भएका हुन्।

दुर्घटनामा धनुषा, सर्लाही, महोत्तरी जिल्लाका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूमा १० वर्षीय बालकदेखि ६८ वर्षसम्मका वृद्ध नागरिकसमेत छन्।

धनुषा: उदित साह , चन्दादेवी साह, हरिशङ्कर साह, मन्जुकुमारी महतो , उनका छोराहरू आशिषकुमार र शुसनकुमार।

सर्लाही: रामपुकार मुखिया, सुमित्रादेवी महतो, जतारन महतो, सखिया महतो, रेणुका गौतम), मुनिकाकुमारी शर्मा, धिरजकुमार ठाकुर, बिर्जना सिंह, रीता चौधरी।

महोत्तरी: कमलाकुमारी महतो, उनका छोरा आशिषकुमार महतो, श्रृषा पोख्रेल।

घाइते यात्रुहरूको उपचार मोडेल अस्पताल लालबन्दी, सर्लाही लाइफलाइन अस्पताल, र शुभस्वतिक अस्पताल बर्दिबासमा भइरहेको छ। प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था हाल खतरामुक्त छ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक दुवैलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानपछि दुर्घटनाको कारण खुल्ने बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्ठर सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय