spot_img

अर्थ मन्त्रालयद्वारा ब्याज अनुदानको ९ अर्ब ८० करोड रुपैयाँ निकासा

spot_img
spot_img

काठमाडौं,०४ असोज । लामो समयदेखि रोकिएको सहुलियत कर्जामा ब्याज अनुदानको ९ अर्ब ८० करोड रुपैयाँ अर्थ मन्त्रालयले शनिबार निकासा गरेको छ। यसअघि अनुदान रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले नयाँ सहुलियत कर्जा प्रवाह गर्न सकेका थिएनन् भने नागरिकले महँगो ब्याज तिर्न बाध्य थिए।

अर्थ मन्त्रालयको पत्रअनुसार, आर्थिक वर्ष ०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधन गरी विगत सात त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई उपलब्ध गराइएको छ।

ब्याज अनुदान निकासा भएपछि बैंक तथा वित्तीय संस्थाहरूले सहुलियत कर्जा प्रवाह सुरु गर्ने सम्भावना बढेको अर्थ मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय