बीरगन्जमा पहिलोपटक १५१ मिटर लामो चुनरी यात्रा

spot_img

बीरगन्ज,०५ असोज । दशैंको सुरुवातसँगै नवरात्राको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा बीरगन्जमा पहिलोपटक ‘चुनरी यात्रा’ निकालिने भएको छ। विश्व हिन्दु परिषद् नेपालले दशैंको नवरात्राका अवसरमा देवी गहवामाईलाई अर्पण गर्न १५१ मिटर लामो चुनरीसहितको भव्य यात्रा सोमबार आयोजना गर्न लागेको हो।

आयोजनाको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा परिषद्को बीरगन्ज महानगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले यात्रा सोमबार अपराह्न ३ बजे गहवामाई मन्दिरबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः माईस्थानस्थित गहवामाई मन्दिरमै समापन हुने जानकारी दिए।

सर्राफका अनुसार करिब १,५०० भक्तजनले हातमा चुनरी बोकेर यात्रा सहभागी हुनेछन्। नगर परिक्रमा पछि विशेष पूजा–आराधनासहित कार्यक्रम समापन गरिनेछ।

उनले देश र समाजको हित, शान्ति र समृद्धिको कामनाका साथ यो धार्मिक कार्यक्रम आयोजना गर्न लागिएको बताए। साथै, कुनै पनि प्रकारको आर्थिक सहयोग नलिएको स्पष्ट पार्दै, सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई ‘चुनरी यात्रा’ मा सहभागी हुन आग्रह गरे। नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘चुनरी यात्रा’ ले धार्मिक आस्था, सांस्कृतिक परम्परा र समुदायबीचको एकताको सन्देश दिने आयोजकको विश्वास छ।

spot_img

ताजा अपडेट

लोकप्रिय