सरकार परिवर्तनको पक्षमा उभिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

spot_img

काठमाडौं,०६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकारलाई विद्रोही जेन–जी आन्दोलनको मर्मअनुसार काम गर्न सुझाव दिएका छन्। उनले सरकारको निष्ठा पुराना शक्ति र यथास्थितिमा नभई परिवर्तनको पक्षमा हुनुपर्नेमा जोड दिए।

सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीका हालसम्मका कदम सकारात्मक रहेको बताए। तर आन्दोलनको रापताप सेलिँदै जाँदा पुराना शक्ति हाबी हुन सक्ने खतरा रहेको भन्दै सचेत रहन आग्रह गरे।

उनले मन्त्रिपरिषद् र अन्य नियुक्तिहरूमा युवाहरूको पर्याप्त सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै कम्तीमा एक तिहाइ सदस्य युवा समूहबाट हुनुपर्ने धारणा व्यक्त गरे। यसो गर्दा परिवर्तनको सन्देश स्पष्ट हुने र युवाको असन्तुष्टि विस्फोट हुनबाट रोक्न मद्दत पुग्ने उनको भनाइ छ।

भट्टराईले सरकारको शैलीमा यथास्थितिवादी सोच बलियो बने युवाहरू फेरि असन्तुष्ट हुन सक्ने चेतावनी दिँदै, युवाको भावना निरन्तर सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय