बीरगन्ज,०६ असोज । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा बीरगन्ज नाका हुँदै १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्। गत आवको दुई महिनामा यो संख्या १ खर्ब २२ अर्ब ३२ करोड रहेको थियो।
भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार, चालु आवमा आयातमा २४ अर्ब ३२ करोड रुपैयाँ बढी वस्तु भित्रिएका छन्। त्यसैगरी निर्यातमा पनि सुधार आएको छ। गत आवको दुई महिनामा ६ अर्ब ५ करोड मूल्यको सामान निर्यात भएको थियो भने चालु आवको दुई महिनामा यो रकम १७ अर्ब ३ करोड पुगेको छ।
यो वर्ष बीरगन्ज नाका हुँदै आयात–निर्यात र राजस्व सङ्कलन दुवैमा उल्लेखनीय वृद्धिदेखिएको छ।

