काठमाडौँ,०६ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका महावीर पुनले मन्त्री क्वार्टर नचाह्ने बताएका छन्।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई निर्देशन दिएकाले मन्त्रालयभित्र बस्ने तयारी गरेको जानकारी दिएका छन्।
उनले मन्त्रालयमै बस्नका लागि एउटा कोठा, खाट र सानो किचनको आवश्यकताबारे समेत अनुरोध गरेका छन्। मन्त्री पुनले यस कदमलाई समय र स्रोतको सदुपयोगको दृष्टिकोणबाट उचित ठानेको बताइएको छ।

