काठमाडौं,१० असाेज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (eDL) र सवारी दर्ता (eVRS) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ।
विभागले शुक्रबार जारी गरेको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी हुँदा प्रणाली सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख छ। हाल सर्वर मर्मत तथा पुनःस्थापना कार्य जारी रहेको र अर्को सूचना प्रकाशित नभएसम्म सेवा उपलब्ध नहुने विभागले जनाएको छ।
मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा पुनः सुचारु गरिने विभागले स्पष्ट पारेको छ।

