गएको २४ घण्टामा देशभर भएका वर्षामध्ये सबैभन्दा बढी वर्षा पर्सा जिल्लाको वीरगञ्जमा भएको छ। नेपाल मौसम पूर्वानुमान अनुसार वीरगञ्जमा १००.८ मिलिमिटर पानी मापन गरिएको हो।
अहिले मधेस प्रदेशका विभिन्न स्थानमा लगातार भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र जलजमावको जोखिम बढेकाले सतर्क रहन सबैलाई अनुरोध गरेको छ।
स्रोत: Nepal Weather Forecast

