Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

देशभर ६ लाख २०...

काठमाडौं,०३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै...

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

सुनको मूल्य तोलामा २ लाख ३० हजार नाघ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ असोज । दसैँ बिदापछि पुनः सुरु भएको सुनचाँदी कारोबार आइतबारदेखि चर्को मूल्य वृद्धि सहित खुलेको छ। लगातारको बढ्दो अन्तर्राष्ट्रिय मूल्य र बजारमा बढ्दो चापका कारण नेपालमा पनि सुनचाँदीको मूल्य ऐतिहासिक उच्चतिर पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (असोज १९) को लागि छापावाल सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो। दसैँअघि अन्तिम मूल्य निर्धारण (असोज १२) का दिन सुनको भाउ २ लाख २३ हजार २०० रुपैयाँ थियो, जसको तुलनामा तोलामा ७ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि उक्लिँदै ऐतिहासिक स्तरमा पुगेको छ। असोज १२ मा तोलाको २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ मा कारोबार भएको छ।

विश्लेषकहरूको भनाइमा, अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको दर, अमेरिकी डलरको कमजोरी र भू–राजनीतिक अनिश्चितताले स्थानीय बजारमा पनि प्रत्यक्ष असर पारेको हो। उनीहरूका अनुसार निकट भविष्यमा सुनचाँदीको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ।

ताजा समाचार

थप समाचार