spot_img

साउनयता भारत र बंगलादेशमा १५ अर्ब रुपैयाँको बिजुली निर्यात

spot_img
spot_img

काठमाडौँ,२१ असाेज । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गरेको जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार देशभित्रको माग पूरा गरेपछि बाँकी अतिरिक्त विद्युत् दैनिक औसतमा एक हजार मेगावाटसम्म भारत र बंगलादेशतर्फ पठाइँदै आएको छ।

भारतमा विद्युत् निर्यात भारतीय ऊर्जा एक्सचेन्ज (IEX) को डे-अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा भइरहेको छ। साथै, द्विपक्षीय मध्यकालीन सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा पनि बिजुली बिक्री भइरहेको छ।

त्यस्तै, भारतको प्रसारण लाइन प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ। भारतसँगको व्यापार भारतीय रुपैयाँमा हुने र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने भएकाले प्राधिकरणले दुई देशबाट दुवै मुद्रामा आम्दानी गरिरहेको छ।

हालसम्म नेपाललाई भारत र बंगलादेश गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृति प्राप्त भएको छ। प्राधिकरणका अनुसार उत्पादन र प्रसारण प्रणाली सुदृढ हुँदै गएसँगै निर्यात क्षमतामा थप वृद्धि गर्ने योजना बनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय