Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...

शेख हसिनाको मुद्दा १७...

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिचिँदै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असोज । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम बढेपछि केन्द्रीय बैंकले ११ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

उक्त निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन् । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वत्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।

- Advertisement -

त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपोमार्फत प्रणालीमा पैसा पठाउँछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

बुधबारसम्ममा केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ७ खर्ब ६७ अर्ब रुपैयाँ मौज्दात छ । उक्त मौज्दात रकममध्ये स्थायी निक्षेपको ६ खर्ब ९२ अर्ब हो भने निक्षेप संकलनको ७४ अर्ब ५५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

ताजा समाचार

थप समाचार