Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

नेप्से ४५.३६ अंकले घट्यो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असोज । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंक घट्यो । सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ । प्रिओपनमा ५ अंक बजार बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घटिरह्यो । दिउँसो १ ः ४१ बजे नेप्से २५३५ अंकसम्म झरे पनि त्यसपछि सामान्य सम्हालियो । १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो ।

आज फाइनान्स र होटल समूह सबैभन्दा धेरै ३/३ प्रतिशत घटे । बैंकिङ १.४८, विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशत घटे ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोडको भयो । आत्मनिर्भर लघुवित्तको ६ तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । आज मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे ।

- Advertisement -

प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशत घट्यो । त्यस्तै मञ्जुश्री फाइनान्सको ५.९६, फस्र्ट माइक्रोफाइनान्सको ५.५३ तथा सयपत्री हाइड्रोपावरको ५.४७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।

ताजा समाचार

थप समाचार