spot_img

सावन कुमार र तनुश्री अभिनीत भोजपुरी फिल्म ‘नारी शक्ति’ करवा चौथको अवसरमा रिलिज हुँदै

spot_img
spot_img

वीरगंज, २३ असोज।  नेपाली कलाकारहरूले निर्माण गरेको भोजपुरी कथानक चलचित्र ‘नारी शक्ति’ शुक्रबार नेपाल र भारतका विभिन्न सिनेमाघरहरूमा एकैसाथ प्रदर्शन हुने भएको छ।

फिल्मका निर्माण समूहले वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै करवा चौथको अवसर पारेर परिवारसहित हेर्न सकिने पारिवारिक चलचित्रको रूपमा ‘नारी शक्ति’ प्रदर्शन गर्न लागिएको बताएका छन्।

फिल्मका निर्माणकर्ता तथा लेखक सरोज पण्डितका अनुसार यो चलचित्र अक्टोबर १० (शुक्रबार) देखि दर्शकका नजिकी सिनेमाघरहरूमा प्रदर्शनमा आउदैछ ।

चलचित्रमा मुख्य भूमिकामा सावन कुमार,वीरगंजका चर्चित कलाकार मुन्ना सर्राफ र भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री तनुश्रीले अभिनय गरेका छन्।  साथै,फिल्ममा नेपाल र भारतका अन्य चर्चित कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।

फिल्मका मुख्य अभिनेता सावन कुमारका अनुसार ‘नारी शक्ति’ मा गीत–संगीतदेखि कथा–वस्तुसम्म भोजपुरी माटोको स्वाद समेटिएको छ, जसले दर्शकहरूलाई अवश्य आकर्षित गर्ने विश्वास लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय