सुनको मूल्य तोलामा ४२०० रुपैयाँले घट्यो

spot_img

काठमाडौं,२४ असोज । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य नयाँ उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार सोही मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य भने बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो। बिहीबार चाँदीको मूल्य तोलामा ३ हजार २५ रुपैयाँ थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय