spot_img

साढे २ लाख नाघ्यो सुनको भाउ

spot_img
spot_img

काठमाडौं,३० असाेज । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढ्दै आएको सुनको भाउ आज प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा २ हजार रुपैयाँको वृद्धि भएको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज केही बढेको छ। अघिल्लो दिनको ३२४० रुपैयाँबाट ३५ रुपैयाँ बढेर प्रतितोला ३२७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि मंगलबार चाँदीको मूल्य ३३२५ रुपैयाँसम्म पुगेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय