Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

देशभर ६ लाख २०...

काठमाडौं,०३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै...

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ असोज । नेपाली बजारमा सुनको मूल्यमा पुनः तीव्र वृद्धि भएको छ। शुक्रबार एकैदिनमा तोलाको मूल्य ७ हजार १ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै सर्वाधिक उच्च दर हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो। त्यसको तुलनामा शुक्रबार मूल्यमा ठूलो छलाङ आएको हो। महासंघका अनुसार पछिल्लो एक महिनाको अवधिमा मात्र सुन प्रतितोला ४३ हजार रुपैयाँले महँगिएको छ। भदौ ३० गते सुनको मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको थियो।

नेपाली बजारमा सुन महँगिनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि हो। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,३७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। एक औंस बराबर २.४३ तोला हुने भएकाले यसको प्रभाव सीधा रूपमा नेपाली बजारमा परेको महासंघले जनाएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मजबुती, मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनाव, र सेयर बजारको अनिश्चितताले लगानीकर्ताहरूलाई सुरक्षित विकल्पको रूपमा सुनतर्फ आकर्षित गरेको हो।यसै कारण सुनको माग बढ्दै गएको र मूल्यले नयाँ रेकर्ड कायम गरेको बताइएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धिको क्रम जारी छ। अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ७५ रुपैयाँले वृद्धि भई ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २७५ रुपैयाँ थियो।

ताजा समाचार

थप समाचार