spot_img

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

spot_img
spot_img

काठमाडौं,३१ असोज । नेपाली बजारमा सुनको मूल्यमा पुनः तीव्र वृद्धि भएको छ। शुक्रबार एकैदिनमा तोलाको मूल्य ७ हजार १ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै सर्वाधिक उच्च दर हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो। त्यसको तुलनामा शुक्रबार मूल्यमा ठूलो छलाङ आएको हो। महासंघका अनुसार पछिल्लो एक महिनाको अवधिमा मात्र सुन प्रतितोला ४३ हजार रुपैयाँले महँगिएको छ। भदौ ३० गते सुनको मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको थियो।

नेपाली बजारमा सुन महँगिनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि हो। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,३७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। एक औंस बराबर २.४३ तोला हुने भएकाले यसको प्रभाव सीधा रूपमा नेपाली बजारमा परेको महासंघले जनाएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मजबुती, मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनाव, र सेयर बजारको अनिश्चितताले लगानीकर्ताहरूलाई सुरक्षित विकल्पको रूपमा सुनतर्फ आकर्षित गरेको हो।यसै कारण सुनको माग बढ्दै गएको र मूल्यले नयाँ रेकर्ड कायम गरेको बताइएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धिको क्रम जारी छ। अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ७५ रुपैयाँले वृद्धि भई ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २७५ रुपैयाँ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय