काठमाडौं, ९ कात्तिक । तिहारपछि लगातार घट्दै आएको सुनको मूल्य सोमबार पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
महासंघका अनुसार अघिल्लो दिन मात्रै सुन तोलामा ११ हजार ६ सयले सस्तो भएको थियो। यसरी हेर्दा तिहारपछि हालसम्म सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँले घटिसकेको छ। असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।
अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौतामा सहमति जुटेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिन ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँले घट्दै २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।




