spot_img

फेरि बढ्यो अन्डाको भाउ

spot_img
spot_img

काठमाडौं, १० कात्तिक । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि अन्डाको भाउ बढाएको छ। संघले उत्पादन घटेको र खपत बढेको कारणले भाउ बढाएको जनाएको छ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेटमा ५ सय र मध्यम अन्डा ४ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ वृद्धि गरिएको छ। मूल्यवृद्धि चितवनको बजारलाई आधार बनाएर निर्धारण गरिएको हो।

उपभोक्ताका लागि अन्डाको खुद्रा मूल्य हाल लगभग २२ रुपैयाँको हाराहारीमा रहेको छ। अध्यक्ष पोखरेलले भने, “उपभोक्ता मूल्यमा ५०–७० पैसा मात्र फरक पर्छ, जसले ठूलो असर पार्दैन।”

थोकमा मूल्य बढेपछि होलसेलरले व्यापारीलाई महँगोमा अन्डा बेच्ने भएकाले अन्ततः उपभोक्ताले महँगोमा अन्डा किन्नुपर्ने अवस्था सिर्जना हुन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय