spot_img

तीन महिनामा ८ अर्ब ६४ करोडको तरकारी आयात, आलु–प्याज सबैभन्दा बढी

spot_img
spot_img

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ। भन्सार विभागले २०८२ साउनदेखि असोज मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

आयातमा मुख्यतया हरियो तरकारी, दाल र गेडागुडी समावेश छन्। विभागका अनुसार सबैभन्दा बढी आयात आलु–प्याजको भएको छ। १२०,८३१.५५ मेट्रिक टन आलुका लागि २ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ भने ४४,१०७.७३ मेट्रिक टन प्याजका लागि १ अर्ब ८० करोड ६९ लाख रुपैयाँ खर्च भएको छ।

यसैगरी, मुसुरो दाल ६,१२३.२९ मेट्रिक टन (५९ करोड ४९ लाख), राज्मा ६,९८८.५३ मेट्रिक टन (८२ करोड ३० लाख), चना ७१८.५५ मेट्रिक टन (६८ करोड ५३ लाख) र लसुन ३,८१९.३७ मेट्रिक टन (५० करोड ६७ लाख) आयात भएको छ।

भन्सार विभागले आयात बढ्दा आन्तरिक बजारमा तरकारी आपूर्तिमा असर पर्ने संभावना रहिरहने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय