spot_img

१७ बालबालिका अपहरण प्रकरणमा प्रहरी सफलता, अपहरणकारीको मृत्यु भएपछि अन्तिम उद्धार सम्पन्न

spot_img
spot_img

मुम्बई, भारत — पवई–मरोल क्षेत्रमा बिहीबार दिउँसो १७ जना बालबालिका अपहरणमा परेका थिए, जसमा पुलिसको छिटो अपरेसनले सबै बालबालिकालाई सुरक्षित उद्धार गरेको छ। अपहरणकारी पुणे निवासी रोहित आर्यको अस्पतालमा मृत्यु भएको छ।

प्रहरीका अनुसार रोहितले बालबालिकालाई अडिसनको बहाना देखाउँदै स्टुडियोभित्र भित्र बोलाएर ढोका बन्द गरेका थिए। अपहरणको सूचना पाएपछि मुम्बई प्रहरीले क्षेत्र घेरा लगाएर करिब दुई घन्टासम्म वार्ता गरेको थियो। वार्ता असफल भएपछि प्रहरीले बाथरूमको झ्यालबाट प्रवेश गर्दै बालबालिकालाई उद्धार गरेको थियो।

उद्धारमा सबै १७ बालबालिका सुरक्षित छन् र अभिभावकको जिम्मा लगाइएको छ। अपहरणकारी रोहितसँग एउटा एयरगन र केही रासायनिक पदार्थ बरामद भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार रोहितले केही वर्षअघि पाउने सरकारी ठेक्का नपाएको रिसमा यस्तो कदम उठाएको बताए।

महाराष्ट्रका पूर्व शिक्षामन्त्री दीपक केसरकरले भने, “सरकारी कामको भुक्तानीका लागि सम्बन्धित विभागसँग सम्पर्क गर्नु पर्थ्यो, व्यक्तिगत रूपमा मैले उनलाई रकम उपलब्ध गराएको थिएँ।”

यो अपरेशन बालबालिका उद्धारको दृष्टिले सफल भए पनि अपहरणकारीको मृत्युले घटना चुनौतीपूर्ण बनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय