काठमाडौँ,१६ कातिक । सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको कार्यतालिका अनुसार आज (कात्तिक १६ गते)देखि देशभरका सरकारी कार्यालयहरूको समय एक घण्टा छोटिने भएको छ।
मौसमी समयअनुसार अब माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्नेछन्। यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहँदै आएको थियो।
शुक्रबारको दिन भने कार्यालय समय अपराह्न ३ बजेसम्म नै यथावत् रहनेछ।

मन्त्रालयका अनुसार जाडो मौसमलाई ध्यानमा राख्दै कार्यसमय छोट्याइएको हो, जसले कर्मचारीहरूलाई काम र यात्रा दुबैमा सहजता दिने अपेक्षा गरिएको छ।




