Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

दुलारचन्द यादव हत्या प्रकरणमा अनन्त सिंह गिरफ्तार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पटना,१६ कात्तिक । बिहारको पटना नजिक मोकामा क्षेत्रका पूर्व विधायक अनन्त सिंहलाई दुलारचन्द यादव हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। पटना एसएसपी कार्तिकेय शर्माको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले सिंहलाई बाढको बेढना गाउँबाट राति अबेर पक्राउ गरेको हो। गिरफ्तारीपछि उनलाई कडा सुरक्षा व्यवस्थामाझ पटना ल्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहार विधानसभा निर्वाचनको बेला मोकामा क्षेत्रका जन सुराज पार्टीका समर्थक दुलारचन्द यादव (७५ वर्ष) को बिहीबार हत्या भएको थियो। मोकामाको टाल क्षेत्रमा भएको हिंसात्मक झडपका क्रममा यादवको मृत्यु भएपछि सिंहमाथि मुख्य आरोपीका रूपमा मुद्दा दर्ता गरिएको हो। एसएसपी शर्माका अनुसार, “प्रारम्भिक अनुसन्धान, प्रत्यक्षदर्शीको बयान र पोस्टमार्टम रिपोर्टका आधारमा अनन्त सिंहको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।”

प्रहरीले सिंहसँगै उनका दुई सहयोगी — मणिकान्त ठाकुर र रणजीत रामलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। मोकामा सिटलाई बिहारको राजनीति अत्यन्त संवेदनशील मानिन्छ। नोभेम्बर ६ मा हुने मतदानअघि अनन्त सिंहजस्तो चर्चित व्यक्तित्वको गिरफ्तारीले राजनीतिक समीकरणमा हलचल ल्याएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, यो घटनाले मोकामाको चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पार्ने सम्भावना छ।

घटनापछि निर्वाचन आयोगले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिएको छ। आयोगले पटना ग्रामीण एसपीसहित केही अधिकारीलाई जिम्मेवारीबाट हटाउँदै तीन जनामाथि कारबाही गर्न निर्देशन दिएको छ।
यससँगै शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रशासनमाथि थप दबाब परेको बताइन्छ।

ताजा समाचार

थप समाचार