Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

बंगलादेशमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पुनरागमन,तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,१८ कातिक । बंगलादेशकी ८० वर्षीया पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की नेतृ खालिदा जियाले आगामी फेब्रुअरीमा हुने आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन्। बीएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरका अनुसार जियाले देशका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेकी हुन्।

लामो समयदेखि बंगलादेशको राजनीतिक केन्द्रमा रहने खालिदा जियाको स्वास्थ्य अहिले कमजोर भए पनि पार्टीभित्र उनलाई नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ। उनी सन् २०२४ को अगस्टमा भएको जनविद्रोहपछि सत्ताच्युत भएकी थिइन्। त्यसअघि, प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा उनलाई जेल चलान गरेको थियो। हसिनालाई सत्ताच्युत गरिएपछि जिया गत वर्ष मात्र रिहा भएकी थिइन्।

बीएनपीका अर्का शीर्ष नेता तारिक रहमान (तारिक जिया) पनि अहिले पार्टीको प्रमुख रणनीतिक भूमिकामा रहेका छन्। सन् २००४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको र्‍यालीमा भएको ग्रिनेड आक्रमणको घटनामा उनलाई अनुपस्थित अवस्थामै आजीवन कारावासको सजाय सुनाइएको थियो। ५९ वर्षीय तारिक सन् २००८ देखि बेलायतमा निर्वासनमा रहेका छन्। हसिनाको पतनपछि उनीमाथि लागेको आरोप हटाइएको छ।

- Advertisement -

बंगलादेशको राजनीतिमा दशौं वर्षदेखि शेख हसिना र खालिदा जियाबीचको प्रतिस्पर्धा नै मुख्य विषय रहँदै आएको छ। यो प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा ‘ब्याटल अफ द बेगम्स’ भनेर चिनिन्छ।

यो संघर्षको जड सन् १९७५ मा देखिन्छ, जब शेख हसिनाका पिता तथा स्वतन्त्रता नेता शेख मुजिबुर रहमानको सैनिक ‘कू’ मा हत्या भयो। त्यसको तीन महिनापछि तत्कालीन उपसेनाप्रमुख र खालिदा जियाका पति जियाउर रहमानले सत्ता हातमा लिए र पछि सन् १९७७ मा राष्ट्रपति बने। उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो।

त्यसपछि, ३५ वर्षकी उमेरमा दुई सन्तानकी आमा खालिदा जियाले बीएनपीको नेतृत्व समालिन्। सिकारु नेताबाट देशको प्रधानमन्त्रीसम्मको यात्रा तय गर्दै उनले हसिनाको शक्तिशाली प्रतिद्वन्द्वीका रूपमा आफूलाई स्थापित गरिन्। सन् १९९० मा उनले शेख हसिनासँगै मिलेर तत्कालीन सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादविरुद्ध आन्दोलनको नेतृत्व गरेकी थिइन्, जसपछि इर्साद सत्ताच्युत भए।

त्यसपछि डेढ दशकसम्म बंगलादेशको सत्ता यी दुई नेतृबीच पालैपालो घुमिरह्यो। अहिले फेरि खालिदा जियाको उम्मेदवारीले बंगलादेशी राजनीतिमा नयाँ अध्यायको संकेत दिएको विश्लेषण भइरहेको छ।

ताजा समाचार

थप समाचार