spot_img

भारतको बिहारमा आज पहिलो चरणको मतदान सुरु

spot_img
spot_img

बीरगन्ज,२० कातिक । भारतको बिहार राज्यमा आज विधानसभा निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान हुँदैछ। भारतीय निर्वाचन आयोगका अनुसार पहिलो चरणमा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको हो।

मतदान बिहान ७ बजेदेखि साँझ ६ बजे सम्म चल्नेछ। तर सुरक्षा र व्यवस्थापनका कारण ६ वटा क्षेत्रका २,१३५ मतदान केन्द्रमा साँझ ५ बजे नै मतदान सकिनेछ। यसपटक आयोगले कुल ४५ हजार ३४१ मतदान केन्द्रहरू स्थापना गरेको छ।

मतदान हुने जिल्लाहरूमा मधेपुरा, सहरसा, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, मुंगेर, लखीसराय, शेखपुरा, नालंदा, पटना, भोजपुर र बक्सर परेका छन्।

१२१ सिटका लागि प्रारम्भमा २,४९६ उम्मेदवारी दर्ता भएकोमा छानविनपछि १,३१४ उम्मेदवार मतप्रतिस्पर्धामा रहेका छन्। यस चरणमा १०२ सामान्य सिट र १९ अनुसूचित जाति (SC) का लागि आरक्षित सिटमा मतदान भइरहेको छ।

करीब ३ करोड ७५ लाखभन्दा बढी मतदाताले आजको मतदान प्रक्रिया मार्फत मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ।

करीब १३ करोड जनसंख्या भएको बिहारमा दोस्रो चरणको मतदान नोभेम्बर ११ मा हुनेछ भने मतगणना नोभेम्बर १४ मा हुने भारतीय निर्वाचन आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय