Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

बाणिज्य बैंक लुटपाट: १८ किलो सुन बेपत्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२३ कात्तिक । गत भदौ २४ गते ‘जेनजी विद्रोह’ का क्रममा बानेश्वरस्थित संसद भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट लुटिएको करिब १८ किलो सुन र ठूलो मात्राको नगद अझैसम्म फेला पर्न सकेको छैन ।

सर्वसाधारणले सुरक्षा र कर्जा प्रयोजनका लागि लकरमा राखेको सुनसमेत लुटिएपछि डेढ महिनाभन्दा बढी समयसम्म सुनको अत्तोपत्तो नलागेपछि बैंकले अब ग्राहकहरूलाई क्षतिपूर्ति रकम दिने तयारी सुरु गरेको छ । बैंकका एक अधिकारीका अनुसार, लामो समयसम्म सुन फेला नपरेका कारण ग्राहकहरूले दबाब दिएपछि उनीहरूको सुनको मूल्य अनुसार क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाइएको हो ।

उक्त घटनामा ३८ करोड रुपैयाँभन्दा बढीको नगद तथा गरगहना लुटपाट भएकोमा हालसम्म जम्मा ३२ लाख बराबरको नगद र सामान मात्रै प्रहरीले बरामद गर्न सफल भएको छ । यद्यपि, बैंकले ग्राहकले लकरमा राखेका गरगहनाको बीमा गराएको हुनाले, ग्राहकलाई क्षतिपूर्ति तिरे पनि त्यो रकम बीमा कम्पनीले बेहोर्ने र बैंकलाई कुनै ठूलो घाटा नहुने बताइएको छ । क्षतिको अन्तिम मूल्याङ्कनका लागि बीमा कम्पनीहरूसँग प्रक्रिया अगाडि बढाइएको छ ।

ताजा समाचार

थप समाचार