आईपीएल २०२६: जडेजा एक दशकपछि राजस्थान फर्किए, सामसन चेन्नईको टोलीमा

spot_img

काठमाडौं,२९ कातिक । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि टोलीहरूबीच खेलाडी साटासाटको प्रक्रिया सम्पन्न भएको छ। यस क्रममा प्रमुख हस्तिहरूले नयाँ टोलीमा स्थान पाएका छन्।

चेन्नई सुपर किङ्सका अलराउन्डर रवीन्द्र जडेजा एक दशकपछि राजस्थान रोयल्समा फर्किएका छन्। आईपीएलको आधिकारिक वेबसाइट अनुसार राजस्थानले जडेजालाई १४ करोड भारुमा सम्झौता गरेको छ, जबकि चेन्नईले उनलाई १८ करोड भारु प्रस्ताव गरेको थियो।

त्यसैगरी, इंग्ल्यान्डका अलराउन्डर साम करन पनि राजस्थान रोयल्समा २ करोड ४० लाख भारुमा समावेश भएका छन्।

चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १८ करोड भारुमा आफ्नो टोलीमा समावेश गरेको छ।

अन्य प्रमुख साटासाटमा, लखनउ सुपर जायन्ट्सले तीव्र गतिका बलर मोहम्मद शमीलाई १० करोड भारुमा सनराइजर्स हैदराबादबाट, मुम्बई इन्डियन्सले मयंक मार्कन्डेलाई कोलकाता नाइट राइडर्सबाट, लखनउले अर्जुन तेन्दुलकरलाई मुम्बईबाट, दिल्ली क्यापिटल्सले नितिश राणलाई राजस्थानबाट, र राजस्थानले दक्षिण अफ्रिकी अलराउन्डर डोनोभन फेररालाई दिल्लीबाट आफ्नो टोलीमा समावेश गरेका छन्।

आईपीएल २०२६ को तयारी यस साटासाटपछि टोलीहरूको बलियो र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय