सुनको मूल्य तोलामा ५ सयले बढ्यो

spot_img

काठमाडौं,०१ मंसिर ।  सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढी हो।

सुनको मूल्य यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च दर मानिन्छ।

यस्तै, चाँदीको मूल्य पनि उक्लिँदै आज तोलामा ३१ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन यो मूल्य ३१ सय ३५ रुपैयाँ थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय