सुनको मूल्यमा ठूलो गिरावट

spot_img

काठमाडौं,०२ मंसिर। नेपाली बजारमा सुनको मूल्य मंगलबार निकै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घट्दै २ लाख ३९ हजार ५०० रुपैयाँमा पुगेको छ।

यसअघि सोमबार सोही गुणस्तरको सुन प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ३ हजार १५५ रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यस्थिरता र उतारचढावकै प्रभाव स्वरूप नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा कमजोरी आएको व्यवसायीहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय