काठमाडौँ,०२ मंसिर । कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी–७ घर भई हाल गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका छन्।
सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार, तिमल्सिनाले ३० लाख ५० हजार र खोखालीले ११ लाख ५० हजार रुपैयाँ लिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। ठगीमा प्रयोग भएको फेसबुक पेज ‘जेन शिक्षा मब’ कन्सल्टेन्सी पनि आरोपमा जोडिएको छ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँ–१२ बाट जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।



