वीपी राजमार्ग दुई ठाउँमा अवरुद्ध

spot_img

काठमाडौं,१६ वैशाख । गएरातिको वर्षापछि वीपी राजमार्ग अन्तर्गत दुई स्थानमा सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश का अनुसार चारसयबेसी र कटुन्जे क्षेत्रमा बनाइएको डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाउँदै उनले अबको एकदेखि डेढ घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए। “अहिले दुई ठाउँमा सडक बन्द छ, खुलाउने काम भइरहेको छ। ढिलोमा बिहान १० बजेसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ,” उनले भने।

सडक बन्द भएपछि बिहानैदेखि यात्रु र सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक विभागले मेसिन प्रयोग गरी माटो र बगाएको संरचना हटाउने काम जारी राखेको जनाएको छ।

लगातारको वर्षासँगै पहिरो र सडक अवरोधको जोखिम बढेकाले यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय