काठमाडौं,०३ मँसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधबार नेपाली बजारमा बहुमूल्य धातुका मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
अघिल्लो दिन प्रति तोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ८ सय रुपैयाँले उक्लिएर २ लाख ४२ हजार ३ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। मंगलबार प्रति तोला ३ हजार ९० रुपैयाँमा रहेको चाँदी आज तोलामा ६० रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ।



